गृहमन्त्री लेखकले गरे सिद्धबाबा सुरुङमार्गको निरीक्षण

पुस ३ काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन्। आज रुपन्देहीबाट पाल्पा जाने क्रममा गृहमन्त्री लेखकले सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका हुन्।

सिद्धबाबा सुरुङमार्गको निरीक्षण गर्दै लेखकले सिद्धबाबा सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरेका छन्।
आयोजना सुरुङ हाइड्रो, नागढुंगा सुरुङ र सिद्धबाबा सुरुङ निर्माण भए पछि नेपाल सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने लेखककोे भनाई छ।

आयोजनाले मंगलबारसम्म सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत पुगेको छ। प्रगति प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेका छन्। बाइपास २ को अब ७ मिटर खन्न बाँकी छ।

आयोजनाका अनुसार मुख्य टनेल ९९७ मिटर खनेर सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताएको छन्। अब ९२ मिटर खनेपछि मुख्य टनेल ब्रेक थ्रु हुने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *