प्रधानमन्त्री केपी ओली र युएइका राजदूत बिच शिष्टाचार भेटघाट

पुस ३ काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र युएइका राजदूत बिच शिष्टाचार भेटघाट भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा अरब इमिरेट्स (युएइ) का राजदूत शम्सीले प्रधानमन्त्री ओली सँग शिष्टाचार भेट गरेका हुन्।

राजदूत अब्दुल्ला अल शम्सीले भेटका क्रममा आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरेका छन्।

भेटका अवसरमा दुई देशबीच भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा लगानी, व्यापार,  कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो।

भेटका अवसरमा दुई देशबिचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषयमा छलफल भएको र परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको उपस्थिति रहेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *