पुस १ काठमाडौं ।
पेट्रोलको मूल्य आजदेखि २ रुपैयाँले बढेको छ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको हो।
निगमका सञ्चालक समितिको निर्णय अनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।
यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ। सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ।
बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने निगमले जनाएको छ।
Post Views: 41