मंसिर ३० काठमाडौं ।
अफ्रिकाको करिब १५ करोड मानिस चरम गरिबीमा परेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अनुसार अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई अत्यधिक चिकित्सा खर्चले गरिबीमा धकेलेको र गुणस्तरीय, उत्पादनशील जीवनलाई वञ्चित गरेको उल्लेख गरेको छ।
सन् २००० र सन् २०१९ बीचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको संख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ।
आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्ने जनाइएको छ।
अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले जनाए अनुसार ‘यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्ने भएकाले उनीहरूको अवस्था बिग्रन सक्ने जनाएको छ।’
विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्याकिङ फाइनान्सियल प्रोटेक्सन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्त तथ्यांक उल्लेख गरेको हो।