मंसिर २८ काठमाडौं ।
आज नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आजका दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको छ।
Post Views: 35