विभिन पाँच देशका लागि नियुक्त भए राजदूत

मंसिर २८ काठमाडौं ।
विभिन्न पाँच देशका लागि राजदूत नियुक्त भएका छन्।

मन्त्रिपरिषदको सिफारिसमा पाँच देशका लागि राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र कोरियाका लागि राजदूत नियुक्त गरेका हुन्।

पोर्चुगलमा प्रकाशमणि पौडेल, स्पेनमा सनिल नेपाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र कोरियामा शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *