मंसिर २७ काठमाडौं ।
नेपालमा विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघेको छ।
चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कात्तिक मसान्तसम्म २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको हो।
राष्ट्र बैंकको अनुसार हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाएको छ।
Post Views: 34