अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे अपराधीलाई क्षमादान

मंसिर २७ काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब १५ सय अपराधीलाई क्षमादान गरेका छन्।

राष्ट्रपति जो बाइडेनले कार्यकाल सकिन लागेका बेला आज करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका हुन्।

अन्तराष्ट्रिय समाचारहरूका अनुसार अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि बाइडेनले माफी दिएका छन्। यो कार्यलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ।

ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ।

बाइडेनले विज्ञप्तिमा भनेका छन्, ‘लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गरेको जनाएका छन्।’

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *