मङ्सिर २७ काठमाडौं ।
नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणका बेला भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
भारत भ्रमणमा रहेका सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन्। आज राष्ट्रपति भवनमा आयोजित समारोहमा उनलाई मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
प्रधान सेनापति अशोकराज सिग्देललाई मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल र भारतबिच दुई देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा छ।
Post Views: 31