काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घट्दो

मंसिर २७ काठमाडौं ।

काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घट्दो रहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिन अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। भने साढे ६ बजेपछि चार डिग्री सेल्सियस पुगेको थियो।

आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ। साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *