रास्वपाले गर्यो पोखरामा आज पनि प्रदर्शन

मंसिर २६ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरेको छ।

रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पु¥याइए पछि पोखराको पृथ्वीचोकमा रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, मानव अधिकार उल्लंघन गर्न पाइँदैन,सहकारी पीडितलाई न्याय दे’ जस्ता नाराहरू लगाएर प्रदर्शन गरेका छन्।

वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले रविलाई पोखरा पु¥याएको थियो।

पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *