मंसिर २६ काठमाडौं ।
दक्षिण कोरियाको राष्ट्रपति युन सुक–योलको कार्यालयमा प्रहरीले बुधबार छापा मारेको छ।
गत मंगलबार सैनिक शासन (मार्सल ल)को घोषणा गरेर विवादमा तानिएका राष्ट्रपति योलको कार्यालयमा बुधबार अनुसन्धानका लागि प्रहरीले छापा मारेको हो।
न्युयोर्क टाइम्सको अनुसार प्रतिपक्षी दलका सांसद जुङ चुङ–रेइले संसदीय सुनुवाइमा प्रहरीले राष्ट्रपति कार्यालयमा छापा मारेको बताएका थिए।
यस अघि कानुन मन्त्रालयले पनि राष्ट्रपति योललाई विदेश जानबाट रोक लगाएको थियो। राष्ट्रपतिको सुरक्षा टोलीलाई छापा बारे पहिले नै जानकारी दिइएको थिएन। योनहापको रिपोर्ट अनुसार, छापाको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित थिएनन्।
युनको कदमपछि दक्षिण कोरियामा उनीविरुद्ध व्यापक विरोध भइरहेको छ भने राष्ट्रपतिको विषयमा अनुसन्धान जारी छ।दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ।
प्रहरी कारबाही राष्ट्रपति युन सुक–योलले देशमा सैनिक शासन लगाएको घटनापछि भइरहेको छ।