रास्वपा सभापति लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

मंसिर २५ काठमाडौं ।
रास्वपा सभापति लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पु¥याएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पु¥याएको छ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान आज सकिएको छ। भोलि (बुधबार) फेरि जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै उनी ठगीमा संलग्न रहेको पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउन लागेको छ।

प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ। यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका रुपमा प्रहरीले पेश गर्ने तयारी गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *