मंसिर २५ काठमाडौं ।
नेपाल–चीनबीचको बीआरआई फ्रेमवर्क पूर्णपाठ सार्वजनिक भएको छ।
गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ आज सार्वजनिक भएको हो।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनु अघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको र त्यो पारदर्शी हुने अपेक्षा राखेको जनाएका थिए।
डोनाल्ड लुले टिप्पणी गरेकै भोलिपल्ट सरकारले दस्तावेज सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न बीआरआई फ्रेमवर्कको पूर्णपाठ वेबसाइटमा राखेको हो।
बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, पारवहन कनेक्टिभिटी सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु बुँदामा फ्रेमवर्क समेटिएको छ।
Post Views: 41