आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

मंसिर २५ काठमाडौं ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिंदै आएको छ।

‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आएको हो।

यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *