दक्षिण कोरियाली राष्ट्रपति यून सुकलाई विदेश जान रोक

मंसिर २४ काठमाडौं ।
दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलाई विदेश जानबाट रोक लगाईएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गको अनुसार दक्षिण कोरियाली कानुन मन्त्रालयले राष्ट्रपति यून सुक योलाई विदेश जानबाट रोक लगाएको जनाएको छ।

गत मंगलबार राति अचानक सैनिक शासन (मार्सल ल)को घोषणा गरेर विवादमा तानिएका उनलाई विदेशमा जान रोकेको हो। राष्ट्रपति यून सुक योले सैनिक शासन घोषणा गरेको ६ घण्टामै संसदबाट उल्टिएको थियो।

उच्चस्तरीय व्यक्तित्वहरू माथि छानबिन गर्नका लागि बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले सोमबार राष्ट्रपति यून सुक योललाई विदेश जानबाट रोक लगाउन अनुमति माग गरेको थियो।

त्यसपछि कानुन मन्त्रालयले स्वीकृति दिएको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *