उच्च पहाडी क्षेत्रमा हिमपात

मङ्सिर २४ काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका उच्च पहाडी जिल्लामा हिमपात भए संगै जनजिवन प्रभावित भएको छ।

बैतडी, डडेल्धुरा, डोटी लगायत पहाडी जिल्लाको उच्च लेकाली भेगमा हिमपात भएको हो।

जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ।

बैतडी जिल्लाका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको जानकारी दिएका छन्।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *