सिरियाका राष्ट्रपति असद भागेर रूस पुगे

मंसिर २४ काठमाडौं ।
सिरियाका राष्ट्रपति बसर अल असद भागेर रूस पुगेका छन्।

रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका छन्। विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका हुन्।

मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ। असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।

बीबीसीले भने असद मस्कोमा रहेको रिपोर्टहरू सार्वजनिक भइरहे पनि आफूहरूले त्यसलाई पुष्टि गर्न नसकेको जनाएको छ।

विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए।

सिरियामा सन् २०११ मा राष्ट्रपति असद विरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह गृहयुद्धमा परिणत भएको थियोे।

यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको भने एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन्। तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन्।

बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा थिए। असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *