नेकपा (माओवादी केन्द्र)अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री बीच भेटवार्ता

मङ्सिर २३ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बीच दाहाल निवासी खुमलटारमा भेटवार्ता भएको छ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग आज भेटवार्ता गरेका हुन्।

नेपाल र अमेरिकाबीच लामो समयको सम्बन्ध रहेको र यस्ता भ्रमण र भेटवार्ताले आपसी दुई देश बिचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको अध्यक्षको सचिवालयले जनाएको छ।

नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र सद्भाव बाट अघि बढ्ने बताएका छन्।

नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष दाहालले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *