झापामा प्रधानमन्त्री ओलीबाट मानवसेवा आश्रमको भवन शिलान्यास

मंसिर २३ झापा ।
झापामा प्रधानमन्त्री ओलीबाट मानवसेवा आश्रमको भवन शिलान्यास भएको छ।

मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रम जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।

प्रधानमन्त्री ओली र राधिका शाक्यले भवनको उद्घाटन र शिलान्यास गरेका हुन्। प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरेका छन्।

कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *