मंसिर २० काठमाडौं ।
चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिआरआई ऋण नभएको बताएका छन्।
आज चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै बिआरआई परियोजना ऋण नभएको र ऋणबारे छलफल नभएको बताएका हुन्।
बिआरआई परियोजना ऋण नभएको र बेइजिङमा त्यस बारेको छलफलमा ऋण सम्बन्धी कुरा पनि नउठेको बताउका हुन्। उनले भने त्यो ऋण होइन भनेर धेरै पटक भनिएको छ। ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
उनले बिआरआई अन्तर्गतका हरेक परियोजनाबारे त्यसको कार्यान्वयन सम्बन्धमा पछि छुट्टै सम्झौता हुने पनि बताएका छन्।
Post Views: 36