मंसिर १९ काठमाडौं ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदर्शन प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
आज रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीतर्फ आठ जना र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेपछि पानीको फोहोरा र अश्रुग्यास सेल प्रहार गर्नुपरेको कार्यलयले जनाएको हो।
रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवन पु¥याएपछि रास्वपाले प्रदर्शन गरेको थियो।
Post Views: 68