इमरजेन्सी मार्सल लको निर्णयबाट पछि हटे कोरियाली राष्ट्रपति योल

मंसिर १९ काठमाडौं।

दक्षिण कोरियाली राष्ट्रपति यून सुक योल इमरजेन्सी मार्सल ल अर्थात सैनिक शासनको निर्णयबाट पछि हटेका छन्।

यो निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन्। संसदले मार्शल ल उल्ट्याएपछि संसद भवनबाट सेना बाहिरिएका छन्।

दक्षिण कोरियामा राष्ट्रपति योलले मंगलबार साँझ इमरजेन्सी मार्सल ल लगाएका थिए। राष्ट्रपति योलले विपक्षी पार्टीलाई विद्रोको योजना बनाएको र स्वतन्त्र, लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै आपतकालीन सैनिक कानुन घोषणा गरेको केही घन्टामा संसदले त्यसलाई उल्ट्याएका हुन्।

राष्ट्रपति योलले विनाकारण सैन्य शासन लागू गरेको र यो असंवैधानिक भएको प्रतिपक्षीको भनाइ थियो। त्यसपछि फेरि विशेष सम्बोधन गर्दै राष्ट्रपति योलले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताएको हुन्।

नेशलन एसेम्बलीका ३०० मध्य १९० सांसद राष्ट्रपति योलले घोषणा गरेको मार्सल ल को विपक्षमा उभिएपछि सैनिक कानुन फिर्ता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेको छ।

राष्ट्रपतिको निर्णय उल्ट्याउन उनकै पार्टीका सांसदहरू पनि मार्सल लको विपक्षमा उभिएका थिए। बहुमत सांसदहरूले आफ्नो निर्णयविरूद्ध उभिएपछि राष्ट्रपति योलले मार्सल ल हटाएका हुन्।

राष्ट्रपतिको निर्णय उल्टिएसँगै त्यहाँका राजनीतिक दल र नेताहरुले उनको राजीनामा मागेका छन्। दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक राष्ट्रपतिले मार्सल ल घोषणा गरेका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *