उपराष्ट्रपति यादवल र कतारका राजदूत मिशालबिन बिच भेटवार्ता

मङ्सिर १८ काठमाडौँ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवल र कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारी बिच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा उपराष्ट्रपति यादवले कतारको जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गर्न कतार सरकार मिशालबिनलाई आग्रह गरेका छन्। उनीहरुबिच आज शिष्टाचार भेटवार्तामा भएको थियो।

भेटमा द्विपक्षीय सम्बन्ध, रोजगारी, व्यापार र भ्रमण आदानप्रदान लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जनाएको छ।

नेपाली कामदारको २४ सै घण्टा बीमाको व्यवस्था, कतारमा मृत्यु वा घाइते भएका नेपाली कामदारको उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन कतार सरकारलाई उनले आग्रह गरेका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *