लगातार बढेको नेप्से परिसूचक कारोबार आज घट्यो

मंसिर १३ काठमाडौं ।
लगातार बढेको नेप्से परिसूचक कारोबार आज साताको अन्तिम कारोबार अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा बन्द भएको हो।

गत कारोबार दिन अर्थात् बुधबार ९ अर्ब ३१ करोडको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रूपैयाँ कमी आएको हो। आज ३०७ वटा धितोपत्रको एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ६८२ रूपैयाँ ९० पैसामा ३१ करोड आठ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.९४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार पाँच सय रूपैयाँमा २९ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *