इजरायलले युद्धविरामसँगै नेपालबाट केयरगिभर लैजाने

मङ्सिर १३ काठमाडौँ ।
इजरायलले युद्धविराम भएसँगै नेपालबाट केयरगिभर लैजाने भएको छ।

लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले नेपालबाट स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूत स्ह्मुलिक एरिइ बसले केयरगिभर लैजाने बताएका हुन्। युद्ध रोकिएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने जनाएको हो।

अमेरिकाको मध्यस्ततामा इजरायल र हिजबुल्लाह समूहबिच युद्धविराम भएको छ। युद्धविरामसँगै गत वर्षदेखि जारी युद्ध स्थगित भएको हो।

राजदूत बसले मन्त्री भण्डारीसँग शिष्टाचार भेट गर्दै हाल इजरायलमा युद्धविराम भइसकेको हुँदा छनोट भएका सबै नेपाली कामदारलाई क्रमशः लैजाने जानकारी गराएका हुन्।

भेटका क्रममा नेपाल र इजरायलबिच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन केयरगिभरका रूपमा छनौट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता वसन्त बहादुर बोहराले जानकारी दिएका छन्।

नेपाली कामदारहरूलाई केयरगिभिर बाहेक कृषि, निर्माण लगायतका अन्य क्षेत्रमा समेत लैजान सकिने बताएका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *