उग्रतारा भगवती मेला सम्पन्न

मंसिर २ काठमाडौं
उग्रतारा भगवती मेला सम्पन्न भएको छ।

सुदूरपश्चिमकै प्रसिद्ध ‘देहिजात’ नामले परिचित उग्रतारा भगवती मेला सम्पन्न भएको हो।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाको दिन मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउँसोेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसोेडी मेला सुरु भएको थियो।

यसपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्र मन्त्री आरजु राणा देउवा मेलामा सहभागी भएका थिए।

देहिजातका रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिले बताएको हो।

शनिबार बेलुका देउरो फर्केसँगै मेला सम्पन्न भएको क्षेत्र विकास समितिले जनाएको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *