कात्तिक ३० काठमाडौँ ।
७० देशको आरोहीले लिए हिमाल आरोहण गर्न अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका हुन्।
विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका छ सय ६८ पुरुष र दुई सय दुई महिला गरी कूल आठ सय ७० जनाले अनुमति लिएका छन्।
हिमाल आरोहणबापत रु ६ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिएका छन्।
विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।
Post Views: 48