कात्तिक १३ काठमाडौं ।
ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) चीनमा सम्पन्न भएको छ।
ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि चीनको वुहुमा सम्पन्न भएको हो। जसमा संयुक्त राष्ट्र संघको आठौं महासचिव बान कि–मुनको पनि सहभागि भएका थिए।
सम्मेलनमा, बान कि–मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र(ग्लोबल न्यु इनर्जि सेक्टर)मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनिको योगदानप्रति प्रशंसा गरे।
उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो–कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरेका छन्।
यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै ’इनोभेसन, ग्रिन, एन्ड सेयरिङ’ (नवप्रवर्तन, दिगो, र साझेदारी) मा केन्द्रित ग्लोबल इको–कम्युनिटि निर्माण गर्ने लक्ष्य लिएको छ।