लोप हुँदै गोरखाको बारपाकमा परम्परागत ढुंगाका घर

असोज २१ काठमाडौं ।
गोरखा बारपाकमा परम्परागत शैलिमा बनेको ढुंगाको छाना भएको घर लोप हुँदै गएको छ।

वीरताको गाथा र प्राकृतिक सौन्र्दयताले भरिपूर्ण बारपाकको पहिचान बनेको परम्परा र मौलिकतासँग गाँसिएको घरहरु थियो। जगदेखि छानोसम्म काठ र ढुंगाले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरुले बारपाकको मौलिकता र छुट्टै पहिचान बनएको थियो।

बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुंगाले छाएका कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुंगाका घर देख्न मुस्किल परेको छ। पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुंगाले छापिएको र आँगनको पर्खाल एउटै स्वरुपका ढुंगाले उठाइएका हुन्थे।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुंगाका अधिकांश घर एकै पट्कामा भत्काइदियो। भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउनै छाडेका हुन्।

भूकम्पपछि बारपाकमा निजी घर पुनःनिर्माण सकिएको छ। छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन्। थोरैले बनाए पनि ढुंगाको छानोको सट्टा टिनको छानो राखेर पुनःनिमार्ण गरे पछि भूकम्पले बारपाकको मौलिकता र चिनारी हराएको हो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *