असोज १९ काठमाडौँ।
असोज १० गते देखिको भारि वर्षाका कारण आएको बाढी-पहिरोले काठमाडौं संग रामेछापलाई जोड्ने छोटो दुरीको खैरेनीको पुल बगाएपछि सिन्दुरेटारको पुल हुदै रामेछाप सुनापति जोड्ने यो सडक खण्डलाई बैकल्पिक सडकको रुपमा संचालनमा ल्याउन जनप्रतिनिधिहरु लागि परिरहेका छन् l
रामेछाप (सुनापति गाउँपालिका) र काभ्रे (तेमाल गाउँपालिका) जोड्ने सिन्दुरेटारको पुलबाट सवारी साधन आवतजावत गर्नकोलागि सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङको नेतृत्वमा पालिकाको स्काभेटर लगेर अहिले सिन्दुरेटारको पुलबाट मेच्छे पौवा डाँडाँतर्फ सडक तेमाल गाउँपालिकाका उपाध्यक्ष सालमान थोक्करको नेतृत्वमा मेच्छे पौवा डाँडाँबाट पुलतर्फको सडक खण्ड सफाई अन्तिम चरणमा भईरहेको अध्यक्ष ठुलो कान्छाले बताएका छन्।
सडक सफा भएपछी सुनापति गाउँपालिका लगायत रामेछापको अन्य भूभागमा पुग्न सहज पुग्नेछ l बीपी राजमार्ग अन्तर्गत काठमाण्डौ,भकुण्डेबेसी,तेमाल हुदै सिन्दुरेटारको यो पुल निस्किएर मध्य पहाडी लोकमार्ग, सित्खाको पुल भएर तराईको यात्रा समेत गर्न सकिनेछ। सम्भव त भोली २० गत्ते देखि बस संचालन हुने सुनापति पालिका अध्यक्ष ठुलो कान्छा तामांगले डाईनामिक खबरलाई जानकारीका दिएका छन् l
तस्बिर स्रोत : सुनापति गाउँपालिका सचिवालय