शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले थप प्रदेशमा उपचार बिस्तार गर्ने

असोज १५ काठमाडौं ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले थप सबै प्रदेशमा उपचार सेवा बिस्तार गर्ने बताएको छ।

प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा बिस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले निर्णय गरेको हो।

बैठकले मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा बिस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो। अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउने भएको छ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरू मार्फत बिस्तार गर्ने घोषणा गरेका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *