बुधबार देखि लगातार झरी पर्ने सम्भावना

असोज १५ काठमाडौं ।
बुधबार देखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ।

वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ। वर्षाको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ। बागमती र गण्डकी  प्रदेशसम्म पानी पर्ने भए पनि कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ। त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।

जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले यो वर्षा बुधबारदेखि कोशीदेखि गण्डकीसम्म प्रभाव पर्नसक्ने बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *