भदौ २६ काठमाडौं
स्वास्थ्य मन्त्रालय आफू मतहत पर्ने जग्गाको संरक्षण तथा व्यवस्थापन गर्न समिति गठन को गरेकमे छ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा विभाग, केन्द्र, अस्पताल, प्रयोगशालाका जग्गाको संरक्षणका लागि समिति गठन भएको हो।
विभिन्न निकायहरूको नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र मन्त्रालयमा पठाउन पत्राचार गरेको छ।
स्वास्थ्य मन्त्रालय मातहतको अतिक्रमणमा रहेका वा दुरूपयोग भएको सूचना दिन पनि मन्त्रालयले माग गरेको छ।
‘जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरूपयोग भएको थाहा भएमा सोको सूचना स्वयं मन्त्रालयमा आई वा पत्राचारद्वारा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।
Post Views: 94