काठमाडौंमा चुरे संरक्षण माग गर्दै प्रदर्शन

साउन ४ काठमाडौं।
माइतीघरदेखि बानेश्वरसम्म मधेशबासीहरू पुनः प्रदर्शनमा उत्रिएको छन्। तराई–मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

वैशाख १६ गतेदेखि पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका बासिन्दा माइतीघरमा धर्ना बसिरहेका थिए।

‘सरकार पानी देऊ, वनलाई डढेलोमुक्त बनाऔ, भूमिबिहीनका नाममा चुरे अतिक्रमण बन्द गर लगायतका नाराहरू मधेशवासी र वृहत नागरिक आन्दोनलमा सहभागीहरूले नारा लगाइरहेका छन्।

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताउँछन्।

उनीहरूको प्रदर्शनमा वृहत नागरिक आन्दोलन पनि समर्थन जनाउँदै ब्यानरसहित सडकमा उत्रिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *