कटहरिया नगरपालिका रौतहटमा २ दिनदेखि ताला

काठमाडौं २४ पुस ।
रौतहटको कटहरिया नगरपालिकामा दुई दिनदेखि ताला लागेको छ । नगरपालिकाको उपप्रमुख रिता देवीसहित कार्यपालिका सदस्यहरुले सोमबार लगाएको ताला आज पनि नखुलेको हो । नगरपालिका बाट भएको विभिन्न शीर्षकको खर्चको विषयमा कागजातसहित कार्यपालिका बैठक बस्ने निर्णय भएको थियो । तर मेयर र प्रमुख प्रशासकीय अधिकृत नै भागेर हिँडेपछि हामीले ताला लगाएका हौं,’ उपप्रमुख देवीले भनिन् ।

उपप्रमुख रिता देवीले नगरपालिकाकाले खरिद गरेको औषधिसहित अन्य खरिदमा अनियमितता भएको आशंका रहेको भन्दै कागजात मागेको बताइन् । ‘औषधि, जिन्सी सामानमा र तेलमा कति खर्च भयो, कति खर्च भइरहेको छ, केहि जानकारी नै छैन । भुक्तानी मात्रै छ, ‘उनले भनिन् ।

उपप्रमुख देवीले स्थायी सरकारी कर्मचारी भन्दा करारका कर्मचारीलाई तलबमा धेरै खर्च भएको सुनाइन् । प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंहले जनप्रतिनिधिहरुको विवादको कारण कार्यपालिका वैठकमा नगएको बताए । नगरपालिकाको मेयर अजय प्रकाश र उपमेयर रिता देवी दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *