काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् । सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका छन् ।
यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।
Post Views: 42