शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।

काठमाडौ, ८ असोज
सत्यमोहन जोशीलाई डेंगी र पिसाब संक्रमण, अस्पताल भर्ना अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने स्थिति नरहेको चिकित्सकको भनाइ छ ।

विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन् ।अस्पतालका अनुसार उनी चिकित्सकहरूको निरन्तर निगरानीमा छन् । शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा धेरै कमजोर देखिएका र खानपिन पनि छाडेकाले त्यही टोलीले उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ । ’जोशीलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको छ,’ अस्पतालले भनेको छ । किष्ट शिक्षण अस्पतालले जोशी र उनकी श्रीमती राधादेवी जोशीको सम्पूर्ण स्वास्थ्यको जिम्मेवारी लिई सेवा दिँदै आएको बताएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *