काठमाडौ, १७ भदौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्नेबारे प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले केही दिनभित्रै पार्टी एकता संयोजन समिति गठन गरेर एकताको प्रक्रिया औपचारिक रुपमा सुरु गरिने भन्दै मंसिर ४ गते हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने प्रयास भइरहेको बताएका हुन् ।
आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर अन्य केही पार्टीले पनि निर्वाचनमा जाने भन्नेबारे छलफल भइरहेको पनि उल्लेख गरे ।
Post Views: 39