पुलको उद्घाटन गर्दै मन्त्री परराष्ट्रमन्त्री खड्काले सुबिधा भोगी नभएको बताए

४ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुर जिल्लाको बेलका नगरपालिका ५ स्थित गिदेरी खोलाको नवनिर्वित मोटरेवल पक्कीपुलको उद्घाटन गरेका छन् ।

चौदण्डीगढी नगरपालिकाको वडा नं ३ बसाहा हुँदै  बेलाका नगरपालिकाको शिखरमाडी, पञ्चमुरे, खयरबनी, झोरपट्टा जोड्ने सडक अन्तर्गत पर्ने गिदेरी खोलामा निर्माण गरिएको मोटरेवल पक्कीपुलको मन्त्री खड्काले उद्घाटन गरेका हुन् ।

उक्त पुल प्रदेश सरकारको सडक पूर्वधार तथा शहरी बिकास मन्त्रालय मार्फत १५ करोड ५ लाख लागत स्टमेट गरी निर्माण सम्पन्न गरिएको हो । पुलको उद्घाटन गर्दै मन्त्री खड्काले आफुहरु संग धेरै किसिमका योजनाहरु रहेको भन्दै आफुमन्त्री भएर सुबिधा भोगी नभएको बताएका छन् । उनले आफ्नो लागी जनताका समस्या भन्दा मन्त्री पद ठुलो नभएको दावी गरे ।

७२.५ मिटर लम्बाई रहेको उक्त पुलमा १०.९ मिटर चौडाइ रहेको छ । पुलमा ३ स्पान रहेको छ ।  १५ करोड लागत स्टमेट तयार गरिएको भए पनि इलाइट सुर्य जेभी धरानले मुल्य समायोजन सहित ९ करोड ४२ लाख २२ हजार २ सय ५२ रुपैयामा पुल निर्माण सम्पन्न गरेको हो ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *