नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र २ हजार ६ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५ सय ७७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *