३१ असार काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले राजापाक्षेले राजीनामा दिएको आज घोषणा गरेका हुन।
सभामुख अबेवर्देनाले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र प्राप्त भएको जनाएका छन् । नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन्।
Post Views: 43