३१ असार,चितवन । गोरुको मासुसहित तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ नंम्बरको अटो चेकजाँच गर्ने क्रममा गोरुको मासु फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।
पक्राउ पर्नेमा धादिङ रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवन भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्की पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् ।
Post Views: 25