भक्तपुरको गठ्ठाघरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

२१, काठमाडौ । भक्तपुरको गठ्ठाघरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु भएकी एक युवतीको पहिचान खुलेको छ।

मंगलवार भक्तपुर गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बा ४ ख २२१२ नम्वरको बसले बा७८प १०८३ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २४ वर्षीया रेजिना तामाङको मृत्यु भएको प्रहरी जनाएको छ । मृतक तामाङ रामेछाप घर भई हाल जडिबुटीस्थित बर्गर हाउसमा काम गरिरहेकी प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक रामेछाप दोरम्बा ५ घर भई हाल जडिबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगर पनि घाइते भएका छन् । उनको भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको छ।

दुर्घटनापछि प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल ५ नारायणस्थान बस्ने ५० वर्षका पोते तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *