१९,काठमाण्डौ । बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल(केएमसी स्कुल)को होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। काभ्रे जिल्ला तेमाल गाउँपालिका ८ मेच्छे स्थायी घर भएकि २१ बर्षिया रायमाझी काठमाण्डौ मोडेल स्कूल को क्यान्टिन मै कार्यरत थिइन। शनिवार बेलुकि स्कूल भित्र होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
घटना को अवस्था हेर्दा उक्त युवती को आत्म हत्या नभई हत्या भएको आशंका गरिएको छ। भुइमा खुट्टा टेकिएको र साइटको कपडा पनि खुम्चिएकोले हत्या भएको हुनसक्ने मृतकमा आफन्तले बताएका छन।
युवती विगत छ वर्ष देखि यस विद्यालयको क्यान्टिनमा कार्यरत रहेको र शनिवार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछी आफ्न्तले खोजि गरेका थिए। मृतकको फोन नउठेपछी उनको साथिलाइ कल गर्दा पनि नउठेको र खोजी गर्दा मृत अवस्थामा भेटिएको मृतककी बहिनी रविना रायमाझीले बताइन। घटना भैसकेपछी बिद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ । विद्यालय प्रशासन भने कोहि देखा नपरेको मृतककी मामा समीर केसिले बताए।
मृतकका आफन्तले मृत्युको वारेमा बुझ्न खोज्दा बिद्यालयको सवारिचालकले उल्टै धम्काउन खोजेको तथा बिद्यालय परिसरमा नबस्न भनेर बिद्यालय प्रशासनले हटाउनु भनेपछी आफ्न्त सबैलाइ विद्यालयको प्राङ्गणबाट समेत बाहिर जान निर्देशन गरेको मृतकका आफ्न्तले बताएका छन। यो सङ्गै मिडियालाइ पनि भित्र जान अनुमती नदिएको र विद्यालय प्रशासनले आफ्न्त खोज्नुपर्ने ठाउँमा आफ्न्त नै स्कुलमा पुग्दा समेत मौन बसेकोले बिद्यालयको चलखेल देखिएको आफ्न्तको आरोप छ।
त्यसैगरी प्रहरी प्रशासनले भने घटना सङ्कासपद जस्तो देखिएको तर यो बारे पोस्टमार्टम पछि मात्र थाहा हुने बताएको छ। प्रहरिको अनुसार मृतकको दुबै खुट्टाले भुइ छोइकन खुम्च्याइएको, पछाडिको भागको कपडा खुम्चिएको र झुन्डिएको ठाउँ पनि करिब ट फिट मात्र रहेको छ।
मृतकका आफन्त खोज्नुको सट्टा प्रहरिलाइ मात्र खबर गरेको र अहिले ठूलो मात्रामा प्रहरी खटिएर अन्य होस्टलका बिद्यार्थिको सुरक्षा देखि विद्यालयको भौतिक बस्तुको सुरक्षामा ध्यान केन्द्रीत भएको पनि आफन्तको आरोप छ।
पारिवारिक भनाई अनुसार सदै बिहान 7 बजे देखि साँझ 7 बजे सम्म सोही होस्टलमा काम गर्दै आएकी थिइन। करिब 6 बर्ष काम गर्दा उनको काम राम्रो भएको भन्दै केही महिना अगाडिदेखी उनलाइ क्यान्टिन म्यानेजरको जिम्मा दिई तलबभत्ता पनि थप गरिएको थियो। लजालु स्वभाव रहेको र अराएको काम जिम्मेवारि पुर्वक निर्वाह गर्ने गर्दै आएकी थिइन। दिउँसो 2 बजेसम्म बहिनिसङ्ग भिडियो कल गरेको र बेलुका आउदा तरकारी लिएर आउछु भनेकी थिइन। पीडित अविवाहित भएपनी कोहि केटासङ्ग फोन गर्ने पनि नगरेको उनको बहिनिले बताइन। उनले भनिन बरु हामी साथिभाइलाइ कल गर्छौ त उहाँ आफै कहिल्लै गर्नुहुन्न थ्यो र हामिलाइ पनि गाली गर्नुहुन्थ्यो।
मृतककी ४ दिदी बहिनि र १ जना दाजु हुन। उनी जेठी छोरी रहेको र २ जना बहिनिहरु रहेका छन। आमाबुबा भने गाउमै खेतिपाती गर्दै आएका छन।