२४, काठमाडौं । बिवाहमा दाइजो मागेको अभियोगमा प्रहरीले एक जना बेहुला डेबिट चौधरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले झापा गाउँपालिका वडा नम्बर ४ बस्ने विशेश्वर चौधरीको छोरा २८ वर्षीय डेबिटलाई नियन्त्रणमा लिएको हो। शुक्रवार भएको विवाहमा उनले मोटसाइकल नदिएको भनि विवाद गरेका थिए ।
मेचीनगर नगरपालिका वडा नम्बर १५ बस्ने पुष्पलाल राजवंशीको छोरीको बिवाहमा डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए। उनी विरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Post Views: 64