सिन्धुपाल्चोक बाह्रबिसे मानेश्वाँरामा ग्याँस पड्केर आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक –बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।

घरमा खाना पकाउने क्रममा ग्याँस पड्किदा तामाङ्गको  १०  बर्षका छोरा इशाक तामाङ,  भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङ को साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको छ भने घर धनि मिनबहादुर तामाङ्ग  घाइते भएकाले  उनलाई उपचारको लागि अस्पताल लगिएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए ।

प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *