एमसीसीको विरोधमा उत्रिएका अनेरास्ववियूका नेताकार्यकर्ता पक्राउ, प्रहरीको लाठीचार्जबाट दर्जनौ घाइते

एमसीसीको विरोधमा उत्रिएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित ४२ जना नेताकार्यकर्ताहरू पक्राउ परेका छन् ।  प्रहरीले बानेश्वमा प्रदशर्न गरिरहेका बेला अनेरास्ववियूका नेताहरु हिरेन्द्र शाही महेश श्रेष्ठ, अशोक थापा, भुपेन्द्र शाह, मेघनाथ चापागाईं, मिलन राई तथा उत्तर खड्का, मनिषा कार्की, संगिता रानामगर, सरिता खाती सहित ४२ जनालाई पक्राउ गरेको हो

प्रहरीले उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ । आन्दोलनले उग्ररुप लिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । लाठी चार्ज तथा लछारपछारसमेत गर्दा आन्दोलनकारीहरु घाइतेसमेत भएका थिए ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *