नेकपा एकिकृत समाजवादी पार्टीको स्याङजा काठमाडौं सम्पर्क मञ्च गठन, अध्यक्षमा मेघनाथ चापागाई चयन

नेकपा एकिकृत समाजवादी पार्टीले स्याङजा काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ। समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेशका माननीय प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सो कार्य सम्पन्न गरेको हो। भेलाले अध्यक्षमा मेघनाथ चापागाईलाई चयन गरेको छ। त्यसैगरि सचिवमा शालिकराम पौडेल, उप–शिशिर पौडेल रहेका छन्।
कोषाध्यक्षमा बिनिता वाग्ले सहित ४१ कमिटी सदस्य चयन भएका छन् । भेलालाई सम्बोधन गर्दै समाजवादीका उपमहासचिव ज्वालाले केपी ओलीको तानाशाहा प्रवृतिको विरुद्ध आफुहरुले विद्रोह गरेको र यसैगरि देशैभर संगठन विस्तार गर्ने लैजाने बताएका छन्।
त्यसैगरि नव निर्वाचित अध्यक्ष चापागाईले भेलालाई सम्बोधन गर्देे स्याङजा जिल्लाबाट काठमाडौं बस्दै आउनु भएका सबैलाई पार्टीमा संगठित गर्न साथै हरेक सुख दुखमा साथ दिने प्रतिवद्धता जनाएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *